शिक्षा
जडिबुटीस्थित सञ्चो उत्पादन गर्ने स्वदेशी वाम कम्पनी हालै राजावादी आन्दोलनको क्रममा आक्रमणको शिकार भयो। प्रदर्शनकारीहरूको अराजक गतिविधिका कारण कम्पनीमा तोडफोड र आ’गजनी हुँदा लाखौंको क्षति पुग्यो। कम्पनीमा जडान गरिएको अत्याधुनिक मेकानिकल सिलिङ मेसिन, जसले प्रतिघण्टा ६,००० बोटल सञ्चो भर्न सक्थ्यो, आ’गजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। यसले उत्पादनमा ठूलो असर पार्ने देखिएको छ। तोडफोड र […]
तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जनले जनतासँग प्रत्यक्ष संवाद गर्ने अभिनव अभ्यासका रूपमा ‘चिया चर्चा’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक शनिबार बिहान ६ बजे तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिने यो कार्यक्रममा नगरबासीहरू चिया पिउँदै मेयरसँग खुला रूपमा आफ्ना समस्या, गुनासा र सुझाव राख्ने गर्छन्। नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन, जनतासँग प्रत्यक्ष छलफल […]
काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]
दाङ – दाङ जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष तथा सामाजिक अभियन्ता प्रविन भण्डारीले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ। समाजसेवामा सधैं अग्रसर रहने भण्डारीले आर्थिक अभावमा कठिनाइ झेलिरहेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले १५ हजार बराबरको राहत सामग्री वितरण गर्नुभएको हो। उहाँले पीडित तथा सहारा बिहीन नागरिकका लागि चामल, […]
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिव जनतालाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । कार्यभार सम्हालेको दोस्रो दिन बुधबार बसेको प्राधिकरणको बोर्डको बैठकबाट शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । अहिले २० युनिटसम्म […]
ताकेश्वर नगरपालिकालाई लक्षित गरी हिमालय टिभीले प्रकाशन गरेको समाचारप्रति ताकेश्वर नगरपालिकाले गम्भीर असहमति जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छ। ताकेश्वर नगरपालिकाको दाबी अनुसार, हिमालय टिभीको फेसबुक पेजमा ‘विपन्न विद्यार्थी पढ्ने स्कूलभित्र ताकेश्वर नगरपालिकाको कुकुरीयत’ शीर्षकमा प्रसारित समाचार एकपक्षीय, भ्रामक तथा नगरपालिकाको छविमा आँच पुर्याउने खालको रहेको छ। प्रेस काउन्सिल नेपालले ताकेश्वर नगरपालिकाको उजुरीलाई गम्भीरताका […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीहरूको तलब भुक्तानीमा भएको ढिलाइप्रति सरकारलाई कडा चेतावनी दिएका छन्। तीन महिनादेखि तलब नपाएका महानगरका सरसफाइ कर्मचारीहरूको समस्या सरकारले नसुनेको भन्दै उनले लेखे – अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने, सबैलाई टुकुचामा गाडिदिन्छु! त्यसपछि हेरौं तिमीहरूको के–के तन्त्र हो प्रशासकीय प्रमुख नहुँदा महानगरका कर्मचारीहरूको तलब […]
काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गरेका छन्। आइतबार मेयर शाहलाई १८ जना वडाअध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएर कार्यपालिका बैठक माग गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। महानगरमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहनुको कारण के हो भन्दै ज्ञापन पत्र बुझाएको उनले बताए। ‘कार्यकारी […]
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको मूल भावना अभिव्यक्ति स्वतन्त्रतामा आधारित रहेको बताएका छन्। उनले पूर्वराजासहित सबै नागरिकलाई आफ्ना विचार राख्न पाउने अधिकार सुनिश्चित भएको प्रस्ट पारे। थापाले शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भने, गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन्। विगतमा पूर्वराजाको शासनकालमा हामीले […]
शारदा नगरपालिका, सल्यानले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ। राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको अवसर पारेर नगरपालिकाले लोगो सार्वजनिक गरेको हो। नयाँ लोगो नगरपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, र आर्थिक विशेषताहरूलाई झल्काउने गरी तयार गरिएको छ। यसमा नगरपालिकाको प्रमुख धार्मिक स्थल खैरावाङ भूवनेश्वरी मन्दिर, नगरको उर्वराभूमि सिंचित गर्ने शारदा नदी, वडा नं. ७ र ९ मा उत्पादन […]










