हिमालयन टिभीले भ्रमित समाचार बनाएको भनी तारकेश्वर नगरपालीकाले दियो प्रेस काउन्सिलमा उजुरी, प्रेस काउन्सिलले माग्यो स्पस्टिकरण

ताकेश्वर नगरपालिकालाई लक्षित गरी हिमालय टिभीले प्रकाशन गरेको समाचारप्रति ताकेश्वर नगरपालिकाले गम्भीर असहमति जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छ। ताकेश्वर नगरपालिकाको दाबी अनुसार, हिमालय टिभीको फेसबुक पेजमा ‘विपन्न विद्यार्थी पढ्ने स्कूलभित्र ताकेश्वर नगरपालिकाको कुकुरीयत’ शीर्षकमा प्रसारित समाचार एकपक्षीय, भ्रामक तथा नगरपालिकाको छविमा आँच पुर्‍याउने खालको रहेको छ।

बिज्ञापन

प्रेस काउन्सिल नेपालले ताकेश्वर नगरपालिकाको उजुरीलाई गम्भीरताका साथ लिँदै हिमालय टिभीलाई स्पष्टीकरण दिन आग्रह गरेको छ। काउन्सिलको पत्रमा उल्लेख गरिएअनुसार, उक्त समाचारमा उल्लेखित विषयबारे नगरपालिकाले आफ्नो धारणा स्पष्ट पार्न २०८१ फागुन १२ गते पत्राचार गरेको थियो। तथापि, सो पत्राचारको कुनै जवाफ प्राप्त नभएपछि नगरपालिकाले पुनः काउन्सिलको ध्यानाकर्षण गराएको हो।

बिज्ञापन

काउन्सिलका अनुसार पत्रकार आचारसंहिता २०७९ (संशोधनसहित २०७९) को दफा ९(१) अनुसार कुनै पनि समाचार माध्यमले समाचार प्रसारण गर्दा सत्य, तथ्य र सन्तुलित जानकारी प्रस्तुत गर्नुपर्ने हुन्छ। तर, ताकेश्वर नगरपालिकासम्बन्धी समाचारमा कुनै पुष्टि नभएको भन्दै प्रेस काउन्सिलले हिमालय टिभीलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ।

ताकेश्वर नगरपालिकाका नगर प्रमुख भन्छन, “नगरपालिकाको गतिविधिबारे भ्रामक समाचार प्रकाशन हुँदा जनतामा गलत धारणा बनाउने प्रयास भएको छ। हामी सत्यतथ्य बाहिर ल्याउन कानुनी प्रक्रिया अघि बढाउनेछौं।”

बिज्ञापन

यसैबीच, प्रेस काउन्सिल नेपालले हिमालय टिभीलाई पत्रकार आचारसंहिताअनुसार सत्यतथ्य प्रमाणित गर्न तथा आवश्यक परेमा सच्याउन आग्रह गरेको छ। यदि टिभीले स्पष्टीकरण नदिएमा काउन्सिलले थप कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु