पाहाँचन्हे जात्रा अवरोध नगर्न काठमाडौं महानगरको चेतावनी, आन्दोलनकर्तालाई संयमित रहन आग्रह

काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

बिज्ञापन

महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा भिडभाड हुने भएकाले आवागमन व्यवस्थित बनाउन विशेष पहल गरिएको छ।

बिज्ञापन

यसैदिन राजावादी समूहले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै प्रदर्शन तथा गणतन्त्र पक्षधरहरूले लोकतान्त्रिक व्यवस्था सुदृढीकरणको पक्षमा जुलुस निकाल्ने तयारी गरेका छन्। एकै समयमा सांस्कृतिक तथा राजनीतिक गतिविधि परेका कारण सुरक्षा संवेदनशीलता उच्च बनेको छ।

महानगरले जात्रालाई प्राथमिकता दिँदै आन्दोलनरत समूहहरूलाई संयमित रहन र जात्रा प्रभावित नगर्न आग्रह गरेको छ। साथै, महानगर र सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन नियम उल्लंघन गर्नेमाथि कारबाही गरिने चेतावनी दिएको छ।

बिज्ञापन

सर्वसाधारणलाई ट्राफिक व्यवस्थापनलाई सहज बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक भिडभाडबाट टाढा रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु