नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरिबलाइ सेवाशुल्कमा ५० प्रतिशत छुट

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिव जनतालाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् ।

बिज्ञापन

कार्यभार सम्हालेको दोस्रो दिन बुधबार बसेको प्राधिकरणको बोर्डको बैठकबाट शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।

बिज्ञापन

अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपियाँ तिर्नुपर्छ । त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको शाक्यले बताएका छन् । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

२० युनिटसम्म विद्युत् उपभोग गर्ने गरिब र साना ग्राहकहरूको हकमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णय भएको कार्यकारी निर्देशक शाक्यले बताएका छन् । हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

बिज्ञापन

विवादित र काण्डैकाण्डमा मुछिएका कुलमान घिसिङलाई सरकारले मंगलबार बर्खास्त गरेर शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु