राजनीति
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको बताईएको छ । साथै, दुईबीच नेपाल राष्ट्र […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रधानमन्त्री ओलीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । सोमबारकाठमाडौँमा भएको एक कार्यक्रममा पनि आफू केही अस्वस्थ […]
काठमाडौँ, बैशाख ७ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जापानको टोकियोतर्फ प्रस्थान गरेकी छन्। उनी गएराति जापान प्रस्थान गरेकी हुन्। जापानको राजधानी टोकियोमा भोलिदेखि सुरु हुने सम्मेलनमा मन्त्री डा. राणाले ज्येष्ठ नागरिकहरूमा देखिने सामाजिक एकान्तता (Social Isolation) सम्बन्धी विषयमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एसियाली नागरिकको कल्याण […]
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् । सोमबार काठमाडौंमा सुवास घिमिरेले लेख्नुभएको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे । उनले कांग्रेसमा एउटा अवसर पनि रहेको बताए […]
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता हुन लागेको हो । नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिमा सत्तारूढ दल नेकपा एमाले र गठबन्धन साझेदार नेपाली कांग्रेसबीच […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका औपचारिक कार्यक्रममा पटक–पटक बोलाउँदा समेत सहभागी नहुने व्यक्तिहरूको रेकर्ड राखी आगामी कार्यक्रममा नबोलाउन स्पष्ट निर्देशन दिनुभएको छ। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी गरिमायुक्त कार्यक्रममा सम्मानका लागि नाम समावेश गर्ने तर सहभागी नहुने प्रवृत्तिप्रति कडा आलोचना गर्नुभयो। उहाँको […]
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट पुनः एकपटक हेर्न नमिल्नेमा परेपछि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन। यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले रिट हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश दिएको थियो। सोही आदेशअनुसार आजको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरुको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै […]
काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइके अझै पक्राउ नपरेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारी मात्रै थुनेर सरकार जिम्मेवारीबाट उम्किन नसक्ने चेतावनी दिएका हुन्। सांसद खतिवडाले भने, “केही महिना पहिले सरकारले टोखाबाट २५ करोड बराबरको युरो […]











