परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जापान प्रस्थान

काठमाडौँ, बैशाख ७ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जापानको टोकियोतर्फ प्रस्थान गरेकी छन्। उनी गएराति जापान प्रस्थान गरेकी हुन्।

बिज्ञापन

जापानको राजधानी टोकियोमा भोलिदेखि सुरु हुने सम्मेलनमा मन्त्री डा. राणाले ज्येष्ठ नागरिकहरूमा देखिने सामाजिक एकान्तता (Social Isolation) सम्बन्धी विषयमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिज्ञापन

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल द्वारा आयोजित उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्रीहरू, सरकारी उच्चपदस्थ अधिकारीहरू तथा वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ।

परराष्ट्रमन्त्री डा. राणा देउवा ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जालजस्ता संघसंस्थामार्फत् नेपाली महिलाको आर्थिक सशक्तिकरण र सामाजिक संरक्षणको क्षेत्रमा लामो समयदेखि सक्रिय रहिएकी छिन्। सोही योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मेलनको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो।

बिज्ञापन

जापान बसाइका क्रममा मन्त्री राणाले केही महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय गरिएको छ। उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु