सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेको नाम अब हटाइने : प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका औपचारिक कार्यक्रममा पटक–पटक बोलाउँदा समेत सहभागी नहुने व्यक्तिहरूको रेकर्ड राखी आगामी कार्यक्रममा नबोलाउन स्पष्ट निर्देशन दिनुभएको छ।

बिज्ञापन

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी गरिमायुक्त कार्यक्रममा सम्मानका लागि नाम समावेश गर्ने तर सहभागी नहुने प्रवृत्तिप्रति कडा आलोचना गर्नुभयो। उहाँको टिप्पणी विशेषतः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) तर्फ लक्षित देखिएको थियो।

बिज्ञापन

प्रधानमन्त्री ओलीले भने, “कहिल्यै पनि नआउने तर हरेक कार्यक्रममा नाम चाहिँ राखिरहने । मानका खातिर मानको चलन चाहिँ अब छोड्नुपर्छ । कार्यक्रमको सम्मान बुझ्नेहरूले मात्र उपस्थित हुने अभ्यास गरौँ।”

उहाँले थपे, “अर्कोपटकबाट यस्तो प्रवृत्ति रोक्न रेकर्ड हेर्नुहोस् । को आउँछ, को नआउँछ, बुझेर मात्रै नाम राख्नुहोस् । सधैँ झुन्ड्याइरहने नामको कुनै अर्थ छैन।”

बिज्ञापन

प्रधानमन्त्रीको भनाइले अब औपचारिक सरकारी कार्यक्रममा सहभागी हुने जिम्मेवारीबारे स्पष्ट मापदण्ड तय गरिने संकेत दिएको छ। उहाँले गणतन्त्र दिवस जस्ता राष्ट्रिय चाडपर्वहरू केवल सरकारी औपचारिकता बनाउने नभई, जनस्तरसम्म फैलाएर मनाउनु पर्नेमा पनि जोड दिनुभयो।

गणतन्त्र स्थापनाको १७ वर्षपछि पनि केही प्रतिनिधित्वशाली निकायहरूबाट निरन्तर अनुपस्थिति देखिनुले जनप्रतिनिधिहरूप्रतिको सार्वजनिक धारणा र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठिरहेको छ।

प्रधानमन्त्री ओलीको निर्देशन अब कार्यान्वयनमा आएमा सरकारले आयोजना गर्ने आगामी समारोहहरूमा ‘मानका लागि नाम’ राख्ने चलन अन्त्य हुँदै जाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु