गभर्नर नियुक्तिमा रस्साकस्सी: मन्त्रिपरिषद् बैठकअघि ओली–देउवा भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता हुन लागेको हो ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिमा सत्तारूढ दल नेकपा एमाले र गठबन्धन साझेदार नेपाली कांग्रेसबीच निरन्तर रस्साकस्सी भइरहेको छ। स्रोतका अनुसार, गभर्नर पदका लागि कांग्रेस निकट अर्थशास्त्री डा. विश्व पौडेलको नाममा एमाले र कांग्रेसबीच सैद्धान्तिक सहमति नजिक पुगेको बताइएको छ। तर हालसम्म सिफारिस समितिको बैठक बस्न नसक्दा औपचारिक प्रक्रिया अघि बढ्न सकेको छैन।

बिज्ञापन

प्रक्रियाअनुसार, गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई नियुक्त गर्ने निर्णय गर्नेछ।

आजको मन्त्रिपरिषद् बैठक निर्णायक बन्न सक्ने संकेत देखिएको छ। ओली–देउवा भेटपछि सत्ता गठबन्धनबीचको समझदारी स्पष्ट हुने र गभर्नर नियुक्ति प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

यसबीच, गभर्नर नियुक्ति प्रक्रिया ढिलो हुँदा आर्थिक नीतिगत स्थायित्वप्रति पनि विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त हुँदै आएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु