राजनीति
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको मूल भावना अभिव्यक्ति स्वतन्त्रतामा आधारित रहेको बताएका छन्। उनले पूर्वराजासहित सबै नागरिकलाई आफ्ना विचार राख्न पाउने अधिकार सुनिश्चित भएको प्रस्ट पारे। थापाले शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भने, गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन्। विगतमा पूर्वराजाको शासनकालमा हामीले […]
शुक्रबार (आज) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तर, बैठकमा प्रमेश हमाल, प्रकाश ज्वाला, किसान श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरू उपस्थित छैनन्। किन उपस्थित भएनन् भन्ने नागरिकको जिज्ञासामा पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले भने, ‘कतिचाहिँ पार्टीकै कामले देश बाहिर हुनुहुन्छ, कतिको व्यक्तिगत काम होला। भोलि आउनुहोला।’ प्रमेश हमाल, बलाराम बाँस्कोटालगायतका […]
प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ। दमकल अभावले आगलागी नियन्त्रणमा समस्या सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा […]
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली कांग्रेसले काम गर्ने तर प्रचार भने नगर्ने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा आज कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो– नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने […]
काठमाडौं, — इजरायल-हमास द्वन्द्वका क्रममा बेपत्ता भएका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको छ। यसैक्रममा, नेपाल सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री महामहिम सेय्यद अब्बास आराघचीसँग टेलिफोन वार्ता गर्नुभएको छ। वार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले जोशीको अवस्थाबारे गहिरो चासो व्यक्त गर्दै उनको सकुशल रिहाइ सुनिश्चित […]
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन् । बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर थिए । उनकै नेतृत्वमा ठूला–ठूला युद्धहरु भएका थिए । ‘जनयुद्ध भनेको हिंसा नै हो । युद्ध भनेको हिंसा हो । त्यहाँ मर्ने […]
हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी अब रिहाइको सूचीमा परेका छन्। नेपाल सरकार, विशेष गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निरन्तर प्रयासपछि यो सकारात्मक परिणाम आएको हो। नेपाल सानो देश भए पनि धर्मले मार्गदर्शन गरेको हाम्रो कर्मले असम्भवलाई सम्भव बनाइरहेको छ। विपिन जोशीको रिहाइमा नेपाली जनताको आस्था, प्रार्थना र धैर्यको ठूलो भूमिका रहेको छ। […]
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा नेपाल स्टार्टअप तथा एसएमई सम्मेलन उद्घाटन भएको छ। बिहीबार वीपीनगर, ललितपुरमा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए। स्थानीय उद्यमशीलता प्रवर्द्धन र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलन दुई दिनसम्म चल्ने छ्। कार्यक्रममा उद्यमी, व्यवसायी, स्टार्टअप संस्थापक, नीति निर्माताहरू […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्। आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) उनले लेखेका छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास […]
स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले गृहमन्त्री रहँदा सभापति रवि लामिछानेले एक बलात्कारीलाई जीवनदान दिएको स्वीकार गरेपछि राजनीतिक वृत्तमा विवाद चुलिएको छ। संग्रौलाले शनिबार सामाजिक सञ्जालमा गरेको यो टिप्पणी पछि सम्पादन गरे पनि विषयलाई लिएर आलोचना जारी छ। उनको पहिलो स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” उल्लेख थियो, जुन केही समयपछि हटाएर […]











