नाबालिग बलात्कारको आरोपमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेका छन्।
प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो।
बिज्ञापन
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोप छ।
नेकपा एमालेले भने उनी पक्राउ परेसँगै निलम्बन गरेको छ।
एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरिएको जानकारी गराएका हुन्।





