काठमाडौंमा कुटिएका त्रिपाठीले रुपन्देहीमा पनी रबिको बिपक्षमा बहस गर्ने तयारी

रुपन्देहीको बुटवलमा सहकारी ठगीको संगठित अपराधको आरोपमा रवि लामिछानेसहित २२ जनाविरुद्ध आजबाट थुनछेक बहस सुरु हुँदैछ। यस मुद्दामा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बहस गर्न पुगेका छन्।

बिज्ञापन

त्रिपाठी यसअघि काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितको तर्फबाट बहस गर्दा रास्वपाका समर्थकबाट आक्रमणमा परेका थिए। तर, त्रिपाठीले यो प्रकरणमा समेत आफ्नो भूमिकाबाट पछि नहट्ने अडान लिएका छन्।

बिज्ञापन

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थामा ठगी र संगठित अपराधको गम्भीर आरोप लागेको छ। अदालतले आज प्रतिवादी रवि लामिछानेको बयान सुन्नेछ भने न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस हुनेछ। रवि लामिछाने हिजै बुटवल पुगिसकेका छन्।

यो मुद्दाले सहकारी पीडितहरूको लागि न्यायको लडाइँ थप चर्काएको छ। रवि लामिछानेको भविष्य र सहकारी पीडितहरूको आशामा आजको बहस निर्णायक बन्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु