स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले गृहमन्त्री रहँदा सभापति रवि लामिछानेले एक बलात्कारीलाई जीवनदान दिएको स्वीकार गरेपछि राजनीतिक वृत्तमा विवाद चुलिएको छ। संग्रौलाले शनिबार सामाजिक सञ्जालमा गरेको यो टिप्पणी पछि सम्पादन गरे पनि विषयलाई लिएर आलोचना जारी छ।
बिज्ञापन
उनको पहिलो स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” उल्लेख थियो, जुन केही समयपछि हटाएर उनले बलात्कारीमाथि कटाक्ष गर्दै नयाँ सन्देश लेखेकी थिइन्।
बिज्ञापन
ज्वालाको भनाइले रास्वपाको सुशासन र पारदर्शिताको दाबीमाथि गम्भीर प्रश्न उठाएको छ ।
यो प्रकरणले रास्वपाको नेतृत्व र पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई थप चुनौती दिएको छ। रवि लामिछाने र पार्टीले यस विषयमा के धारणा राख्छन् भन्ने चासोको विषय बनेको छ।






