राजकुमार लामा
उपत्यकाको प्राय प्रमुख स्थानका चिया पसल देखि विभिन्न तह तप्कामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्चाले चुली टेक्न थालेको छ । सहकारी काण्डको दोषीको रूपमा उपत्यका बाहिरका बिभिन्न जिल्लाका प्रहरी चौकीहरूमा पाहुना बन्दै कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा ९० दिन पछि रिहा भएका लामिछानेले अब काठमाडौकाे अदालतमा आफ्नो बयान दिने भएका छन्।
आफ्नो प्रत्यक्ष सहभागितामा बिभिन्न सहकारीको रकम हिनामिना गर्ने समूहको नाइके बनेका सभापति लामिछानेले नेपाली राजनीतिको गोलघरमा प्रवेश गरे देखि नै आफूलाई बिबादको घेराबाट मुक्त गर्न सकेनन्। लामिछानेको राजनीतिमा प्रवेशलाई निकै रौनक र कौतुहलता नहेरिएको पनि होइन बिगतमा। तर लामिछानेमा पलाएको झिनामसिना नितिले गर्दा अहिले आफूले खनेको खाल्डोमा आफै पुरिने संकेतहरू पनि राजनीतिक धरातलमा देखिन थालेको छ ।
उता नेपाली भू राजनीतिको चिन्तन गर्न नसक्नु पनि लामिछानेको राजनीतिमा लागेको पहिलो बादल थियो। जुन बादलले लामिछानेलाई उघार्ने भन्दा पनि उनि भित्र मडारिन सहयोग गर्न थाल्यो। राजनीति र यसका पछाडिका पाइलाहरू हरूलाई एकै चोटी मुठ्ठी कसेर ठेगाना लगाउने जस्तो बिना अध्ययनको सोच नै उनका लागि अहिले घात बन्दै छ ।
छोटो समयमै राजनीतिको प्रमुख पृष्ठमा जसरी लामिछानेले आफूलाई उभ्याउन सफल भए त्यसको सहि इस्तमालको अध्ययन नहुनु उनमा देखिएको लाचारी पना थियो। देशमा सबै भन्दा धेरै भष्ट्राचारको आँकडा बोक्न सफल भएको नेपाली ब्यूरोक्रेशी लाई समेत मार खुवाउँदै पलाएको राजनीति दलका नेताहरुले गरेका भष्ट्राचारको आँकडा झनै गनि साध्य छैन। राजनीति दलका नेताहरुले गरेका भष्ट्राचारको बिरूद्ध लामिछानेले फुकेको बिगुल लाग्नु एक तहमा नेपाल र नेपालीको लागि ठिक पनि थियो। तर लामिछानेमा देखिएको बहुलठ्ठी पनाले उनलाई नै सिद्धयाउने मेलो खोज्दै छ ।
दुई दुई पटक नेपाली राजनीतिको केन्द्रबिन्दु पाईला राखे पनि उनको सोचले माखो मार्न सकेन। राजनीति आउन लामिछानेले गरेका र बोलेका कुराहरू उनी र उनका दलका नेता कार्यकर्ताहरुलाई मान्य होला। तर सामान्य नागरिकले उनको बिश्वास गर्न छोडिसकेको छ ।
दलको गठन र निमार्ण भनेको अहिलेको समाजको लागि निकै मुस्किल कुरा हो । सजिलो तरिकाले दल गठन हुने भए अहिले हरेक नेपालीको हरूको हातमा दलको सर्टिफिकेट हुन्थ्यो होला।
तर राजनीति भनेको लामिछानेले गरेको जस्तो होइन। पार्टीको स्पष्ट कुन धारको पार्टी हो लोकतान्त्रिक, कम्युनिस्ट राजाबादी या हिन्दु ? यसको उत्तर नदिईकन मुलुकका सानातिना विसंगति बिकृति अन्त्य को गफ दिएर जनताको असन्तुष्ट मत बटुल्न रबि सफल भए। रबि लामिछानेले अहिले सम्म आफनो पार्टीको बिचार दर्शन मार्गदर्शक सिद्दान्त यो नै हो भनेर भन्न सकिरहेको छैन | कुनै पनि बिषय बस्तुमा स्टण्ट क्षणिक हुन सक्ला तर दीर्घकालिन हुनै सकिदैन | अन्तत रबि लामिछानेलाई सहकारी मु्द्दमा अदालतले शंकाको घेरामा राखी कास्की जिल्ला अदालतले रबि लामिछाने संग ६५ लाख धरौटी माग गरेर सहकारीको पैसा अपचलन गरेको थप पुष्टी भएको देखिन्छ ।
रविको राजनीतिमा मडारिएको कालो बादल





