बागचौरमा माओवादी केन्द्र परित्याग गर्दै दुई दर्जनभन्दा बढी नेपाली कांग्रेसमा प्रबेश

नेपाली कांग्रेस बागचौर नगरपालिका वडा नं. ४ कार्यसमितिको आयोजनामा माघ ९ गते सम्पन्न नेपाली कांग्रेसको १०० दिने अभियानअन्तर्गत विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी करिब दुई दर्जनभन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिज्ञापन

कार्यक्रमको प्रमुख आतिथ्य नेपाली कांग्रेसका प्रभावशाली नेता केशबहादुर बिष्टले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा बागचौर नगरप्रमुख जनकराज गौतम, रुद्र चन्द, र अतिथिहरूमा चक्र परियार, नेत्र ओली, दिलमान चन्द, शेरबहादुर घर्ती लगायत कांग्रेसका सक्रिय नेता तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

बिज्ञापन

प्रवेश गर्ने नयाँ सदस्यहरूलाई कांग्रेसका नेताहरूले खादा ओढाएर सम्मान गर्दै पार्टीको लोकतान्त्रिक मूल्यमान्यता र नीतिप्रति प्रतिबद्ध रहन आह्वान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले भने, नेपाली कांग्रेसको नीति, विचार र देशका लागि समर्पणले माओवादी केन्द्रका नेता, कार्यकर्ता र समर्थकहरूलाई कांग्रेसप्रति आकर्षित गरेको छ। कांग्रेसको नेतृत्वले मात्र देशलाई आर्थिक, सामाजिक, र राजनीतिक रूपमा अघि बढाउन सक्छ।”

बिज्ञापन

क्यान्सर पीडितलाई सामूहिक सहयोग

उक्त अवसरमा बागचौर नगरपालिका वडा नं. ४, घुसखोला निवासी क्यान्सर पीडित नर बहादुर ओलीको उपचारका लागि आर्थिक सहयोग संकलन गरिएको थियो। कांग्रेसका स्थानीय मनकारी व्यक्तिहरूबाट ५०,००० रुपैयाँ संकलन गरिएको छ भने नगरप्रमुख जनकराज गौतमले नगरपालिकाको तर्फबाट थप २०,००० रुपैयाँ सहयोग गर्नुभएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु