काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा भौतिक क्षति भएको छ। थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किँदा ४३ जना श्रमिक फसेका छन्। थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमै भग्नावशेषमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकी […]

काठमाडौं । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप सिर्जना भई पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा दुई प्रहरी र तीन प्रदर्शनकारी रहेका छन्। उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। झडप तब उत्पन्न भयो जब राजावादी प्रदर्शनकारीहरूले निषेधित क्षेत्रतर्फ जान खोजे। प्रहरीले सुरक्षाको लागि लाठीचार्ज गरेको थियो, तर प्रदर्शनकारीहरू पछि नहटेपछि […]

भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको […]

काठमाडौं – राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भइरहेको प्रदर्शनमा अराजकता फैलिएको छ। तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको दुई तोलाको सुनको सिक्री लुटिएको छ। प्रत्यक्षदर्शीका अनुसार, भीडभाडको मौका छोपेर अज्ञात व्यक्तिले सिक्री तानेर भागेका थिए। उक्त घटनापछि सिक्री गुमाएका प्रदर्शनकारी निकै विचलित बनेका थिए। उनी आफ्नै साथीहरूबीच ‘अब घर कसरी जानेरु’ भन्दै भावुक भएका थिए। प्रदर्शनका […]

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहल धर्मस्थलीमा आज नगरप्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको छ । नगरसभामा तारकेश्वर नगरपालिकाको चालु आर्थिक बर्षको ६ महिनाको समिक्षा गरिनुका साथै विभिन्न नीतिगत बिषयमा छलफल गरिएको छ । नगरसभाले तारकेश्वर नगरपालिकाले ल्याउन लागेको कोख देखि शोक सम्म कार्यक्रम समेत […]

काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेपछि लाठीचार्ज गरेको हो । सोहि क्रममा दुई पक्षबीच झडप चल्दा प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

काठमाडौं । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ । प्रहरीले समर्थकहरुलाई तीनकुने पुलबाट बानेश्वर प्रवेशमा रोक लगाएको छ । कोटेश्वरबाट आएको र्‍याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको हो । सोहि क्रममा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल समेत भएको छ । तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति […]

तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जनले जनतासँग प्रत्यक्ष संवाद गर्ने अभिनव अभ्यासका रूपमा ‘चिया चर्चा’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक शनिबार बिहान ६ बजे तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिने यो कार्यक्रममा नगरबासीहरू चिया पिउँदै मेयरसँग खुला रूपमा आफ्ना समस्या, गुनासा र सुझाव राख्ने गर्छन्। नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन, जनतासँग प्रत्यक्ष छलफल […]

काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]

बाँकेको राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीद्धारा खुँडा प्रहार प्रकरणमा सर्वोच्च अदालतले सुनुवाईको तयारी गरेको छ। यसअघि ज्यान मार्ने उद्योगमा उनीसहित नौ जनालाई जिल्ला अदालत र नेपालगञ्ज उच्च अदालतले दोषी ठहर गरेकोमा आरोपितहरु धरौटी माग गर्दै सर्वोच्च पुगेकोमा भोलि पेशी तोकिएको छ। गत भदौ १ गते वडाध्यक्ष वलीसहित नौ जनाले बाँकेको बिनौना चोकमा शुलभ मल्ल र […]