काठमाण्डौं । तारकेश्वर नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहल धर्मस्थलीमा आज नगरप्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको छ ।
नगरसभामा तारकेश्वर नगरपालिकाको चालु आर्थिक बर्षको ६ महिनाको समिक्षा गरिनुका साथै विभिन्न नीतिगत बिषयमा छलफल गरिएको छ । नगरसभाले तारकेश्वर नगरपालिकाले ल्याउन लागेको कोख देखि शोक सम्म कार्यक्रम समेत पारीत गरेको छ । जस अनुसार तारकेश्वर नगरबासीको परिवारमा जन्मीएको नवजात शिशुको स्याहारका लागि एक पटकका लागि रु ५ हजार पाउने छन् । त्यस्तै तारकेश्वर नगरपालिका भित्र बसोबास गदै आएका ८० बर्ष पुरा गर्नुभएका जेष्ठ नागरिक जस्ले तारकेश्वरबाटै जेष्ठ नागरिक भत्ता पाँउदै आउनु भएको छ उहाँहरुले केन्द्र सरकारले पाउने जेष्ठ नागरिक भत्ताको अलावा मासिक रुपमा थप रु २ हजार भत्ता पाउनुहुने छ । त्यस्तै तारकेश्वर नगरबासीहरुको परिवारका सदस्यको मृत्यु हुंदा प्रतिव्यक्ती रु १० हजार नगरपालीकाले राहत सहयोग गर्नेछ । तारकेश्वर नगरपालिकाले ल्याएको यस किसिमको सुविधा पाउनका लागि तारकेश्वर नगरपालिकामा स्थायी रुपमा बसोबास गदै आएको हुनुपर्नेछ ।
बिज्ञापन
पहिचान, अपनत्व र अधिकारस् दिगो विकासळो आघारु तारकेश्वर नगरपालिका বাবदষব नगनदावला नमर कार्यणालिकाळो कायलय घर्मस्थली। काठमाण्डा ब्राममती वागमतीप्रदेशनेपाल प्रदश नपाल १६औ नगरसभा उद्धघाटन सत्र स्थानस् स्थानस्नगरपाल नगरपालिका सभा हल मितिस् २०८१ चैत्र १० समयः बिहान ११ः०० बजे
तारकेश्वर नगरसभाले अनुमोदन गरेको यस प्रकारको कार्यक्रम सम्भवत स्थानिय निकायमै पहिलो कार्यक्रम हो ।
नगरसभालाई सम्बोधन गर्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले कोख देखि शोक सम्म कार्यक्रम नगरवासीको हितका निम्ती ल्याएको बताँउदै यस कार्यक्रमले नगरवासीलाई थोरै भएपनि राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरसभाको उदघाटन सत्रलाई सम्बोधन गर्नुहुंदै नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले विभिन्न कारणले गर्दा पुस मसान्तमा हुनुपर्ने नगरसभा चैत्रमा गर्नुपरेको बताँउदै नगरसभाले विभिन्न नीतिगत बिषयमा छलफल गरीने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य राख्दै स्थानीय सरकार सञ्चालन ऐन अनुसारनै नगरसभा गरिएको बताँउदै नगरसभाको सफलताको कामना गर्नुभएको थियो ।
नगर प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले १६ औं नगरसभाको सफलताको कामना गर्नुभएको थियो । नगरसभामा वडा सदस्य एवं नगर कार्यपालिका सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो ।















