काठमाडौं । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप सिर्जना भई पाँच जना घाइते भएका छन्।
बिज्ञापन
प्रहरीका अनुसार घाइते हुनेमा दुई प्रहरी र तीन प्रदर्शनकारी रहेका छन्। उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
बिज्ञापन
झडप तब उत्पन्न भयो जब राजावादी प्रदर्शनकारीहरूले निषेधित क्षेत्रतर्फ जान खोजे। प्रहरीले सुरक्षाको लागि लाठीचार्ज गरेको थियो, तर प्रदर्शनकारीहरू पछि नहटेपछि अश्रुग्याससमेत प्रयोग गरियो।
प्रदर्शनस्थलमा बनाइएको मञ्चतर्फ लक्षित गर्दै अश्रुग्यास प्रहार गरिएपछि मञ्चमा रहेका नेताहरू तितरबितर भएका थिए।






