जडिबुटीस्थित सञ्चो उत्पादन गर्ने स्वदेशी वाम कम्पनी हालै राजावादी आन्दोलनको क्रममा आक्रमणको शिकार भयो। प्रदर्शनकारीहरूको अराजक गतिविधिका कारण कम्पनीमा तोडफोड र आ’गजनी हुँदा लाखौंको क्षति पुग्यो। कम्पनीमा जडान गरिएको अत्याधुनिक मेकानिकल सिलिङ मेसिन, जसले प्रतिघण्टा ६,००० बोटल सञ्चो भर्न सक्थ्यो, आ’गजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। यसले उत्पादनमा ठूलो असर पार्ने देखिएको छ। तोडफोड र […]

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो । शुक्रबार राजावादीहरुको विरोधसभा हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएको हो । बैठक […]

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेका हुन् । यसअघि उनिहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोड गरेका थिए ।

काठमाडौं । आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्। प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरूले स्थानीयको एक घरमा आगो लगाएका थिए। जब आगो नियन्त्रण गर्न दमकल पुग्यो, प्रदर्शनकारीहरूले त्यसलाई लक्षित गरी लगातार ढुंगा प्रहार गर्न थाले। दमकललाई अवरोध पुर्‍याएपछि आगो नियन्त्रणमा चुनौती थपिएको छ।

काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा भौतिक क्षति भएको छ। थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किँदा ४३ जना श्रमिक फसेका छन्। थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमै भग्नावशेषमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकी […]

काठमाडौं । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप सिर्जना भई पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा दुई प्रहरी र तीन प्रदर्शनकारी रहेका छन्। उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। झडप तब उत्पन्न भयो जब राजावादी प्रदर्शनकारीहरूले निषेधित क्षेत्रतर्फ जान खोजे। प्रहरीले सुरक्षाको लागि लाठीचार्ज गरेको थियो, तर प्रदर्शनकारीहरू पछि नहटेपछि […]

भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको […]

काठमाडौं – राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भइरहेको प्रदर्शनमा अराजकता फैलिएको छ। तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको दुई तोलाको सुनको सिक्री लुटिएको छ। प्रत्यक्षदर्शीका अनुसार, भीडभाडको मौका छोपेर अज्ञात व्यक्तिले सिक्री तानेर भागेका थिए। उक्त घटनापछि सिक्री गुमाएका प्रदर्शनकारी निकै विचलित बनेका थिए। उनी आफ्नै साथीहरूबीच ‘अब घर कसरी जानेरु’ भन्दै भावुक भएका थिए। प्रदर्शनका […]

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहल धर्मस्थलीमा आज नगरप्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको छ । नगरसभामा तारकेश्वर नगरपालिकाको चालु आर्थिक बर्षको ६ महिनाको समिक्षा गरिनुका साथै विभिन्न नीतिगत बिषयमा छलफल गरिएको छ । नगरसभाले तारकेश्वर नगरपालिकाले ल्याउन लागेको कोख देखि शोक सम्म कार्यक्रम समेत […]

काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेपछि लाठीचार्ज गरेको हो । सोहि क्रममा दुई पक्षबीच झडप चल्दा प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।