जीवनशैली
तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जनले जनतासँग प्रत्यक्ष संवाद गर्ने अभिनव अभ्यासका रूपमा ‘चिया चर्चा’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक शनिबार बिहान ६ बजे तारकेश्वर नगरपालिकाको सभा हलमा आयोजना गरिने यो कार्यक्रममा नगरबासीहरू चिया पिउँदै मेयरसँग खुला रूपमा आफ्ना समस्या, गुनासा र सुझाव राख्ने गर्छन्। नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन, जनतासँग प्रत्यक्ष छलफल […]
काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) मनाइने पाहाँचन्हे जात्रालाई अवरोध गर्ने कुनै पनि गतिविधि नगर्न कडा चेतावनी दिएको छ। महानगरले जात्राको रूटमा सभा, जुलुस वा प्रदर्शन गरी सांस्कृतिक गतिविधिमा अवरोध गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। महानगरपालिकाका अनुसार जात्रा हुने क्षेत्रहरू— यतखा, कोठाननी, तमोगल्ली, भण्डार, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर क्षेत्र लगायतमा […]
दाङ – दाङ जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष तथा सामाजिक अभियन्ता प्रविन भण्डारीले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ। समाजसेवामा सधैं अग्रसर रहने भण्डारीले आर्थिक अभावमा कठिनाइ झेलिरहेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले १५ हजार बराबरको राहत सामग्री वितरण गर्नुभएको हो। उहाँले पीडित तथा सहारा बिहीन नागरिकका लागि चामल, […]
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिव जनतालाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । कार्यभार सम्हालेको दोस्रो दिन बुधबार बसेको प्राधिकरणको बोर्डको बैठकबाट शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । अहिले २० युनिटसम्म […]
प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ। दमकल अभावले आगलागी नियन्त्रणमा समस्या सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा […]
प्रदेशको समृद्धि, युवा सशक्तीकरण, र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली यूथ फेस्टिवल २०८१ आगामी माघ ११ र १२ गते बिरेन्द्रनगर, सुर्खेतको सिटी हल ग्राउण्डमा भव्य रूपमा आयोजना हुने भएको छ। यो महोत्सव कर्णाली प्रदेशका युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व, उद्यमशीलता, र समृद्धिको मार्गचित्र तयार पार्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ। मुख्य अतिथिको रूपमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री […]
कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको फोटो खिचिएको प्रकरणमा गम्भीर ध्यानाकर्षण गरी अनुसन्धान सुरु गरेको छ। डा. निकोलस भुसालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त फोटो आफूले खिचेको स्वीकार गरेका थिए। उनले भनेका छन्, रवि दाइलाई भेट्न गएको थिएँ। उहाँलाई सिसी क्यामेरा रुमबाट हेरेर बसेको बेला फोटो खिचेको […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभएको हो । जहाँ पितृसत्ता बढी […]
युवा नेता रेशम लामाद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण सामाजिक सेवामा निरन्तर सक्रिय युवा नेता रेशम लामाले श्री भीमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन्। चिसो मौसममा बालबालिकाको स्वास्थ्य र पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले स्वेटर, स्टेशनरी सामग्री, र गरिब तथा […]
शान्तिनगर गाउँपालिकाको १५औ गाउँसभाबाट शान्तिनगर गाउँपालिका क्षेत्रमा रक्सी, चुरोट, गुट्का, लागू औषध, लगायतका नशाजन्य पदार्थको सेवनमा रोक लगाउने तथा कार्यालय परिशरभित्र Junk food जङ्क फुडलाई निषेध गर्ने भन्ने नीति पारित गरेको छ । साथै गाउँपालिका क्षेत्रभित्रका सबै सार्वजनिक निकाय (गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सबै विद्यालय) मा जङ्क फुड सेवनमा रोक लगाइ स्थानिय […]