समाचार
नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको छ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् । आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर […]
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गर्नुभएको छ । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले […]
सिन्धुपाल्चोकका नेकपा (माओवादी केन्द्र)का नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई रक्तचन्द तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बलेफी गाउँपालिका वडा नं. ८ निवासी माओवादी नेता तिमल्सिना र काठमाडौं महानगरपालिका वडा नं. १४ का रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरूको साथबाट ४ सय ३१ किलो रक्तचन्दन […]
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले विपीन जोशी रिहाइको पहलका लागि आज कतारका विदेशमन्त्रीसँग छलफल गर्नुहुने भएको छ । परराष्ट्र मन्त्री राणाले आज बिहान सवा ११ बजे कतारका विदेशमन्त्रीसँग टेलिफोनमार्फत् कुरा गर्ने तय भएको हो । त्यस क्रममा परराष्ट्र मन्त्री राणाले विपीनको रिहाइको पहलका निम्ति आग्रह गर्नुहुने छ । हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि यसअघि […]
राजकुमार लामा उपत्यकाको प्राय प्रमुख स्थानका चिया पसल देखि विभिन्न तह तप्कामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्चाले चुली टेक्न थालेको छ । सहकारी काण्डको दोषीको रूपमा उपत्यका बाहिरका बिभिन्न जिल्लाका प्रहरी चौकीहरूमा पाहुना बन्दै कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा ९० दिन पछि रिहा भएका लामिछानेले अब काठमाडौकाे अदालतमा आफ्नो बयान दिने […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको सानेपामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा टीका विद्याश्रम माध्यमिक विद्यालय सानेपामा भएको स्वास्थ्य शिविरमा ४२८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले आज धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ ओटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गर्नुभएको हो । यसै वर्षको भारी वर्षाका […]
नाबालिग बलात्कारको आरोपमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेका छन्। प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोप छ। नेकपा एमालेले भने उनी पक्राउ परेसँगै निलम्बन गरेको छ। एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उहाँले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह […]
काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं […]











