कर्णाली यूथ फेस्टिवल २०८१: युवाहरूको एकता र सम्भावनाको महोत्सव

प्रदेशको समृद्धि, युवा सशक्तीकरण, र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली यूथ फेस्टिवल २०८१ आगामी माघ ११ र १२ गते बिरेन्द्रनगर, सुर्खेतको सिटी हल ग्राउण्डमा भव्य रूपमा आयोजना हुने भएको छ। यो महोत्सव कर्णाली प्रदेशका युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व, उद्यमशीलता, र समृद्धिको मार्गचित्र तयार पार्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ।

बिज्ञापन

मुख्य अतिथिको रूपमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कंडेलज्यूले महोत्सवलाई उद्घाटन गर्नुहुनेछ। साथै, चर्चित युवा नेता भुपेन्द्रजंग शाही विशेष अतिथिको रूपमा सहभागी हुनुहुनेछ। महोत्सवमा नेतृत्व विकास, उद्यमशीलता, र सामाजिक मुद्दामा संवाद तथा अन्तर्क्रिया गरिनेछ।

बिज्ञापन

महोत्सवका विशेषता:
– युवाहरूका लागि प्रेरणादायी कार्यक्रमहरू
– नेतृत्व विकास र उद्यमशीलतासम्बन्धी कार्यशाला
– सांस्कृतिक गतिविधि र मनोरञ्जन
– सामाजिक मुद्दामा चर्चा र समाधानका उपायहरू

सहभागी कसरी हुने?
कार्यक्रममा सहभागी हुन QR कोड स्क्यान गरी दर्ता गर्न सकिनेछ दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन।
थप जानकारीका लागि:
📧 [email protected]
📞 9851350185 / 9846428705
📍 सिटी हल ग्राउण्ड, सुर्खेत

बिज्ञापन

समृद्ध कर्णालीका लागि संगै भन्ने नाराका साथ यो महोत्सवले युवाहरूलाई नयाँ अवसर र सम्भावनाको ढोका खोल्नेछ। यस ऐतिहासिक जमघटले कर्णाली प्रदेशलाई समृद्ध बनाउने साझा उद्देश्यमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नेछ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु