केएमसीले सानेपामा गर्‍यो चार सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको सानेपामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

बिज्ञापन

ललितपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा टीका विद्याश्रम माध्यमिक विद्यालय सानेपामा भएको स्वास्थ्य शिविरमा ४२८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिज्ञापन

शिविरमा ७८ जनाको ल्याब परीक्षण, ८४ जनाको अल्ट्रासाउन्ड, ६५ जनाको ईसीजी गरिएको थियो । त्यस्तै २८ जनाको दाँत खोलिएको पनि दाहालले बताए ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु