समाचार
काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै मंगलबार पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । अधिवक्ता प्रतीभा उप्रेती र विशाल थापाद्वारा मंगलबार दर्ता गरिएको उक्त रिटमा राजनीतिक दलको सदस्यलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न खोजिएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिने जगतको विकासका लागि आफूले गोरखाको पालुङटारमा सिने सिटी बनाउने चाहाना रहेपनि कलाकारहरूलाई बुझाउन नसकेको बताएका छन् । उनले पालुङटारमा सिने सिटी बनाउन सकेको भए देशी विदेशी सिनेमा छायाङ्कन हुने आफूलाई लागेपनि त्यो सम्भव नभएको बताए । काभ्रेको बनेपामा निर्मित चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) निर्माण आरम्भ उद्घोष समारोहमा बोल्दै […]
काठमाडौँ । सोमबारको वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको हो । राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध बनेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले २०६० सालदेखि हुलाक बचत बैङ्कको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको […]
काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाईंमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकिएको बताउनुभएको छ । सोमवार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही दिनअघि मात्रै छिमेकी मुलुक […]
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास गरेका छन् । बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताए । ‘पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ’, उनले भने, ‘कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न […]
अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। स्विट्जरल्यान्डमा भएको वार्तापछि सोमबार सार्वजनिक गरिएको सहमति अनुसार, दुवै देशले आगामी ९० दिनका लागि एकअर्काको आयातमा लगाइएको कर उल्लेख्य रूपमा घटाउनेछन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वार्तालाई “उत्पादक र रचनात्मक” भन्दै दुवै देशबीच सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरे। सहमति अनुसार, अमेरिका […]
वीरेन्द्रनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताएका छन् । नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रशारण गर्दै मन्त्री गुरुङले खस भाषामा सुरू गरिएको समाचारले […]
लुम्बिनी – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा फैलिँदो द्वन्द्व र हिंसाको अन्त्य बुद्धको दर्शन र शिक्षाबाट मात्र सम्भव रहेको बताएका छन्। लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार र युद्धले शान्ति सम्भव नहुने र त्यसको दीर्घकालीन समाधान बुद्धका सिद्धान्तबाट खोज्नुपर्नेमा जोड दिए। “आज विश्वभर अशान्ति बढिरहेको बेला […]










