डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट दायर, राष्ट्र बैंक ऐन उल्लंघनको आरोप

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

बिज्ञापन

नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै मंगलबार पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

बिज्ञापन

अधिवक्ता प्रतीभा उप्रेती र विशाल थापाद्वारा मंगलबार दर्ता गरिएको उक्त रिटमा राजनीतिक दलको सदस्यलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न खोजिएको भन्दै आपत्ति जनाइएको छ। उनीहरूले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था उल्लंघन गर्दै दलगत पृष्ठभूमिका व्यक्तिलाई सो पदमा नियुक्त गर्न खोजिएको आरोप लगाएका छन्।

हाल सत्ता साझेदारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. पौडेललाई गभर्नर बनाउने विषयमा सहमति जुटेको चर्चा छ। यसैबीच, गभर्नर सिफारिस समिति सदस्य रहेका पौडेलले आइतबार उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए।

बिज्ञापन

रिटमा राष्ट्र बैंकको स्वायत्तता, पेशागत निष्पक्षता र ऐनको पालना सुनिश्चित हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु