काठमाडौँ । सोमबारको वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
बिज्ञापन
सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए ।
बिज्ञापन
उनका अनुसार अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको हो । राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध बनेको थियो ।