काठमाडौं,Indrive सेवा प्रयोग गरी महिला यात्रुमाथि यौन दुर्व्यवहार र ठगी गरेको अभियोगमा चितवन नारायणी न.पा. ४ निवासी हाल काठमाडौं बालाजु बस्ने २५ वर्षीय प्रबिन बराललाई प्रहरीले पक्राउ गरेको छ। महिला यात्रुले Indrive city to city service सेवा बुक गर्दा निजले यात्राको क्रममा महिला यात्रीको फोन नम्बर प्राप्त गरी सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोप लागेको […]

रुपन्देहीको बुटवलमा सहकारी ठगीको संगठित अपराधको आरोपमा रवि लामिछानेसहित २२ जनाविरुद्ध आजबाट थुनछेक बहस सुरु हुँदैछ। यस मुद्दामा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बहस गर्न पुगेका छन्। त्रिपाठी यसअघि काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितको तर्फबाट बहस गर्दा रास्वपाका समर्थकबाट आक्रमणमा परेका थिए। तर, त्रिपाठीले यो प्रकरणमा समेत आफ्नो भूमिकाबाट पछि नहट्ने अडान लिएका […]

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा […]

प्रदेशको समृद्धि, युवा सशक्तीकरण, र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली यूथ फेस्टिवल २०८१ आगामी माघ ११ र १२ गते बिरेन्द्रनगर, सुर्खेतको सिटी हल ग्राउण्डमा भव्य रूपमा आयोजना हुने भएको छ। यो महोत्सव कर्णाली प्रदेशका युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व, उद्यमशीलता, र समृद्धिको मार्गचित्र तयार पार्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ। मुख्य अतिथिको रूपमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री […]

नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको छ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् । आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर […]

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गर्नुभएको छ । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले […]

सिन्धुपाल्चोकका नेकपा (माओवादी केन्द्र)का नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई रक्तचन्द तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बलेफी गाउँपालिका वडा नं. ८ निवासी माओवादी नेता तिमल्सिना र काठमाडौं महानगरपालिका वडा नं. १४ का रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरूको साथबाट ४ सय ३१ किलो रक्तचन्दन […]

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले विपीन जोशी रिहाइको पहलका लागि आज कतारका विदेशमन्त्रीसँग छलफल गर्नुहुने भएको छ । परराष्ट्र मन्त्री राणाले आज बिहान सवा ११ बजे कतारका विदेशमन्त्रीसँग टेलिफोनमार्फत् कुरा गर्ने तय भएको हो । त्यस क्रममा परराष्ट्र मन्त्री राणाले विपीनको रिहाइको पहलका निम्ति आग्रह गर्नुहुने छ । हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि यसअघि […]

राजकुमार लामा उपत्यकाको प्राय प्रमुख स्थानका चिया पसल देखि विभिन्न तह तप्कामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्चाले चुली टेक्न थालेको छ । सहकारी काण्डको दोषीको रूपमा उपत्यका बाहिरका बिभिन्न जिल्लाका प्रहरी चौकीहरूमा पाहुना बन्दै कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा ९० दिन पछि रिहा भएका लामिछानेले अब काठमाडौकाे अदालतमा आफ्नो बयान दिने […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको सानेपामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा टीका विद्याश्रम माध्यमिक विद्यालय सानेपामा भएको स्वास्थ्य शिविरमा ४२८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । […]