झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव रहनुभएकी प्रियाकुमारी राई नेकपा (एमाले) मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ। उहाँलाई नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभामा पार्टीका अध्यक्ष तथा माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष स्वागत गर्नुभएको हो। पार्टी प्रवेशको क्रममा अध्यक्ष ओलीले राईज्यूको अनुभव, निष्ठा र सामाजिक […]

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको […]

बुटवल । एमाले का अध्यक्ष एवं माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आउँदो वैशाख ११ गते काठमाडौंमा आयोजित हुन लागेको युवा महोत्सवमा शक्ति प्रदर्शन गरिने जानकारी दिनुभएको छ। एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा उहाँले सो कुरा सार्वजनिक रूपमा बताउनुभएको हो। प्रधानमन्त्रीज्यूले लोकतन्त्र दिवसको अवसर पारेर एमाले निकट युवा संघ नेपालले आयोजना गर्न लागेको […]

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रश्ताव गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रश्ताव राख्नुभएको हो । पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भएरनभएकोबारे सोध्नुपर्ने उहाँको भनाइ छ […]

काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंले प्रदर्शनका क्रममा आफैंले चलाएको गाडीले प्रहरी अगाडि नै चलाउँदै अघि बढेका थिए । उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी गरेको स्रोत बताउँछ । प्रसाईंलाई आज […]

भक्तपुर, खरिपाटी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली सेनाको सिसम अधिकृत क्याडेटहरूको आयुक्त पद प्रदान समारोहमा सहभागी भई कवाज प्रदर्शनको निरीक्षण गर्नुभएको छ। भक्तपुरस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शन गर्ने पदिक तथा अधिकृतहरूलाई सम्मानस्वरूप खुकुरी प्रदान गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बदलिँदो विश्व सुरक्षा परिदृश्यलाई उल्लेख गर्दै, राष्ट्रिय सुरक्षाका […]

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्‍यो । यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको […]

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरुको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताउनुभएको छ । बिहीवार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । राजनीतिक दलहरुले शिर्ष नेताहरुलाई प्रदेशमा पठाउन नसेकको कारण प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उहाँको भनाइ छ । प्रदेशका समस्याहरु बल्झिएको र संघीयतामाथि प्रश्न […]

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले वैदेशिक लगानी भित्र्यान सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गर्नुभयो । […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै […]