झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव रहनुभएकी प्रियाकुमारी राई नेकपा (एमाले) मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ।
बिज्ञापन
उहाँलाई नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभामा पार्टीका अध्यक्ष तथा माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष स्वागत गर्नुभएको हो। पार्टी प्रवेशको क्रममा अध्यक्ष ओलीले राईज्यूको अनुभव, निष्ठा र सामाजिक योगदानको सराहना गर्दै एमालेको अभियानमा थप ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभएको थियो।
बिज्ञापन
राईज्यू भूपू सैनिक आवासीय माध्यमिक विद्यालय, उदयपुरकी प्रधानाध्यापक समेत रहनुभएको छ। शिक्षा क्षेत्रमार्फत समाजसेवा र नेतृत्वदक्षतामा स्थापित उहाँको एमाले प्रवेशलाई सशक्त राजनीतिक यात्राको एक महत्वपूर्ण पाटोका रूपमा हेरिएको छ।
उक्त अवसरमा पार्टीका शीर्ष नेताहरू, स्थानीय कार्यकर्ताहरू तथा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।






