भक्तपुर, खरिपाटी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली सेनाको सिसम अधिकृत क्याडेटहरूको आयुक्त पद प्रदान समारोहमा सहभागी भई कवाज प्रदर्शनको निरीक्षण गर्नुभएको छ।
बिज्ञापन
भक्तपुरस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शन गर्ने पदिक तथा अधिकृतहरूलाई सम्मानस्वरूप खुकुरी प्रदान गर्नुभयो।
बिज्ञापन
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बदलिँदो विश्व सुरक्षा परिदृश्यलाई उल्लेख गर्दै, राष्ट्रिय सुरक्षाका लागि दक्ष र सक्षम जनशक्तिको आवश्यकता अझ बढेको बताउनुभयो। उहाँले शान्ति स्थापनादेखि विपद् जोखिम न्यूनीकरणसम्म सेनाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।






