राजनीति
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद गुज्रिएको समितिले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई स्पष्टीकरण सोधेको छ । माउ पार्टी नेपाली कांग्रेसले दुजाङ शेर्पा अध्यक्ष रहेको तदर्थ समितिलाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । कांग्रेस पदाधिकारी बैठकले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकेमा तदर्थ समिति भङ्ग गर्ने चेतावनी पनि दिएको थियो […]
सल्यान, बागचौर नगरपालिका–११ — नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका वडा नं. ११ मा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनबाट झलक कुमार वलीको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित समितिले संगठन सुदृढ गर्दै स्थानीय युवाहरूको सक्रियता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा बोल्दै तरुण दलका […]
काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग सम्झौता गरेको भन्दै परिषद्ले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । आन्दोलन परिचालन समितिको संयोजक बब्बन मिश्र तोकिएका छन् । परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघले रहस्यमय ढंगले […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताउनुभएको छ । नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताउनुभएको हो । संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उहाँको भनाइ छ । […]
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताउनुभएको छ । श्रमिक दिवसको अवसरमा राप्रपा नेपालसम्बद्ध श्रमिक संगठन ‘टुकोन’ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले, “हालको व्यवस्था भ्रष्टाचार उत्पादन गर्ने कारखाना बनेको छ,” भन्दै कडा आलोचना गर्नुभयो। थापाले जनतामा फैलिएको निराशा, हतास र […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पार्नुभएको छ । १ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो स्पष्ट पार्नुभएको हो । अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिनुभएको छ । बिहीवार ललितपुरमा नेपाल टे«ड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै […]
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई आज राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् छन्। सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजार कारागारमा रहेका चौधरी रिहा भएका हुन् । प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुन लाग्दा चौधरी पक्राउ परेका थिए ।











