बानपा ११ को तरुण अध्यक्षमा झलक ओली चयन

सल्यान, बागचौर नगरपालिका–११ — नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका वडा नं. ११ मा सफलतापूर्वक सम्पन्न भएको छ।

बिज्ञापन

उक्त अधिवेशनबाट झलक कुमार वलीको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित समितिले संगठन सुदृढ गर्दै स्थानीय युवाहरूको सक्रियता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बिज्ञापन

कार्यक्रममा बोल्दै तरुण दलका क्षेत्रीय सभापति तथा प्रतिनिधि कमल चन्दले बाँकी रहेका वडा, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनहरू छिट्टै सम्पन्न गरिने जानकारी दिए। उनले भने, “अब तरुण दल अधिवेशन प्रक्रियामा जुटिसकेको छ। केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाई अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ। पार्टी नेतृत्वको पनि सकारात्मक सहयोग रहेकाले जिल्ला अधिवेशन चाँडै हुनेछ।”

अधिवेशनमा नेपाली कांग्रेसका युवा नेता, वडा सभापतिहरू, भातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रमुखहरू, क्रियाशील सदस्यहरू र पार्टीप्रति आस्थावान स्थानीयहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
photo

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु