वर्तमान व्यवस्था भ्रष्टाचार उत्पादन गर्ने कारखानामा परिणत भयो : कमल थापा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताउनुभएको छ ।

बिज्ञापन

श्रमिक दिवसको अवसरमा राप्रपा नेपालसम्बद्ध श्रमिक संगठन ‘टुकोन’ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले, “हालको व्यवस्था भ्रष्टाचार उत्पादन गर्ने कारखाना बनेको छ,” भन्दै कडा आलोचना गर्नुभयो।

बिज्ञापन

थापाले जनतामा फैलिएको निराशा, हतास र उदासी चिर्नका लागि नै नयाँ व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले हिन्दू राष्ट्रको पुनःस्थापनाको मागलाई वर्तमान समयको आवश्यकता भन्दै सबै हिन्दुवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

“हामी वर्षायाम सुरु हुनु अघि नै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण तयार पार्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो।

बिज्ञापन

राप्रपा, नेपालले सनातन हिन्दू राष्ट्र, राजसंस्थाको पुनःस्थापना र तीन तहको संघीय संरचनालाई परिमार्जन गरी केन्द्र र स्थानीय तह मात्र रहने गरी नयाँ संरचना निर्माणको पक्षमा निरन्तर आवाज उठाइरहेको थापाले स्पष्ट गर्नुभयो।

“हामी समय–समयमा सडक संघर्षमा उत्रिरहेका छौँ। तर एक्ला-एक्लैको संघर्षबाट परिवर्तन सम्भव छैन। त्यसैले समान विचारधाराका सबै शक्ति, दल र समूहले साझा मोर्चा बनाउँदै अगाडि बढ्न जरुरी छ,” उहाँले बताउनुभयो।

बैशाख १५ गतेका दिन राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका सबै दल र समूहलाई साझा सन्देश दिइसकेको बताउँदै थापाले अहिलेको भ्रष्ट व्यवस्थाबाट मुक्ति चाहने सबै राष्ट्रवादी शक्तिहरू एउटै मोर्चामा उभिनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष थापाले हिन्दू राष्ट्र स्थापनासहित सुशासन कायम गर्न राप्रपा राष्ट्रवादी आन्दोलनमा प्रतिबद्ध रहेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु