विद्यालय कर्मचारीले कक्षा १२ को परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग सम्झौता गरेको भन्दै परिषद्ले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो ।

बिज्ञापन

आन्दोलन परिचालन समितिको संयोजक बब्बन मिश्र तोकिएका छन् । परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघले रहस्यमय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई धोका दिएको बताए ।

बिज्ञापन

परिषद्ले वैशाख २१ देखि सञ्चालन हुने १२ कक्षाको परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु