काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलव्धीप्रति जनतालाई […]

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सम्भावना नभएका परियोजनाहरु खारेज गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई प्रवद्र्धन गर्ने संविधानको समीक्षा गर्ने, कार्यान्वयनका कमीकमजोरी सुधार गर्न पहल गर्ने र विकास निर्माणमा देखापरेका कमीकमजोरी सुधारका लागि विकासको ढाँचा, गति र प्रवृत्ति परिवर्तन गर्ने […]

काठमाडौँ । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन कोष स्थापना गरिने भएको छ । सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो कोष स्थापना गर्ने घोषणा गरिएको हो । यसअघि सरकारले सहकारी संस्थाको सम्पत्ति बेचेरै बचत फिर्ता गर्ने बताउँदै आएको थियो । नयाँ नीति तथा कार्यक्रमबाट भने सरकारी कोषबाटै राहत उपलब्ध गराउन लागिएको […]

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिव ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको बताउनुभएको छ । चालु आ.व. को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्शान गणना गर्दा हालसम्म कुल […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाइ सम्बोधन गर्न थाल्नु भएको छ । उहाँले सरकारको आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्र पति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको […]

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद गुज्रिएको समितिले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई स्पष्टीकरण सोधेको छ । माउ पार्टी नेपाली कांग्रेसले दुजाङ शेर्पा अध्यक्ष रहेको तदर्थ समितिलाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । कांग्रेस पदाधिकारी बैठकले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकेमा तदर्थ समिति भङ्ग गर्ने चेतावनी पनि दिएको थियो […]

सल्यान, बागचौर नगरपालिका–११ — नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका वडा नं. ११ मा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनबाट झलक कुमार वलीको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित समितिले संगठन सुदृढ गर्दै स्थानीय युवाहरूको सक्रियता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा बोल्दै तरुण दलका […]

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग सम्झौता गरेको भन्दै परिषद्ले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । आन्दोलन परिचालन समितिको संयोजक बब्बन मिश्र तोकिएका छन् । परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघले रहस्यमय ढंगले […]