परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहनुभएका बर्नार्डसँगको सो भेटका क्रममा उहाँहरुबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । सो भेटका क्रममा मन्त्री डा देउवाले नेपाल आगामी सन् […]

सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेका लामिछानेले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए । दाताले करोडौं रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ […]

सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने बताएका छन् । पत्रकार सम्मेलन गरेर उनले पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि चुनौती दिए । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ‌ओहोदा दिएको स्मरण गर्दै उनले ४१ […]

गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई […]

स्वास्थ्य मन्त्री पौडेलको बाली सम्बोधनः देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरबिरुद्ध लड्ने विश्व लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण उपलब्धि काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै […]

सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पाेखरा लगिएकाे छ । लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजाे बुधबार राति नाै बजेसम्म बयान लिइएकाे थियाे । आज बिहानै उनलाई पाेखरा पठाइएकाे चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गाैतम मिश्रले जानकारी दिए । लामिछानेलाई कात्तिक दुईमा कास्की प्रहरीले पक्राउ गरेकाे थियाे । सहकारी प्रकरणमा बारेमा बयानका […]

सानो पाइला सहकारी ठगीमा पनि मुछिए रवि–छवि, प्रहरीले माग्यो पक्राउ अनुमति सहकारी ठगी र संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नका लागि पर्सा प्रहरीले अदालसमक्ष अनुमति मागेको छ । वीरगञ्ज महानगर–६ स्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ॠण सहकारी संस्था ठगीमा मुछिएपछि रवि, छवि […]

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द निर्वाचित हुनु भएको छ । उहाँले एक हजार एक सय सात मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले जम्मा ४८७ मत प्राप्त गर्नु भयो । […]

कीर्तिपुर वडा नम्बर ४ मा कांग्रेस विजयी भएको छ । केहीबेर अघि आएको नतिजाअनुसार कांग्रेस का उमेदवार  राजेराजेन्द्र बानिया निर्वाचित भएका छ्न ।

कीर्तिपुर नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार एक हजार ३१३ सहित नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले अगाडि छन । प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर ९७८ मतसहित पछाडि छन्। यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० पाएका छन्।