भीमदत्त-६ को वडाध्यक्षमा कांग्रेसले हात पार्यो जित

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द निर्वाचित हुनु भएको छ । उहाँले एक हजार एक सय सात मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनु भएको छ ।

बिज्ञापन

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले जम्मा ४८७ मत प्राप्त गर्नु भयो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार भट्टले ३६९ मत प्राप्त गर्नु भयो ।

बिज्ञापन

यसअघि २०७९ को स्थानीय तह सदस्य निर्वाचनमा पनि कांग्रेसकै यहाँ महेन्द्रबहादुर खड्का निर्वाचित हुनु भएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु