समाचार
काठमाडौँ । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप […]
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । उक्त इजलासमा आज १४ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएकोमा थापाको अवहेलना मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ । आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका […]
काठमाडौं : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बद्नाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाउनुभएको छ । विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमवार सम्बोधन गर्दे उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आईतवार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आ.व. ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताउनु भयो । उहाँले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन […]
आइतबार साँझ परेको चट्याङका कारण गोरखा र कास्कीमा गरी चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङमा घरमै बसिरहेको बेला चट्याङ लागेर ४२ वर्षीय राजु खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घाइते अवस्थामा अस्पताल ल्याइएका खनाललाई चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, गोरखाकै पालुङटार […]
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र ‘संयुक्त जनआन्दोलन समिति’ का ‘कमाण्डर’ दुर्गा प्रसाईं सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो। यस अघि न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा […]
काठमाडौं । हाल काठमाडौं केन्द्रित रही विभिन्न शिक्षण संस्थाका शिक्षकहरूले चर्काएको ऐतिहासिक आन्दोलनले देशभर तरंग ल्याइरहेका बेला, घाइते भएकाहरूप्रति देखिएको मानवताको अनुपम उदाहरण प्रस्तुत गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल ले विशिष्ट पहल गरेको छ। नेपाली काग्रेसका प्रभावशाली नेता, केएमसीका सञ्चालक माननीय डा. सुनिल शर्माको निर्देशनमा, आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क उपचार गर्ने व्यवस्था […]
काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रा गर्दैगर्दा भेटिएकी छिन् । केहीदिन पहिलेमात्रै शिक्षामन्त्रीबाट राजीनामा दिएकी उनी सफा टेम्पो चढेको तस्बिर सार्वजनिक भएको छ । मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी छाडेकी थिइन् । उनी […]
काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । सांसद राईलाई आज काठमाडौंको कपनबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले सांसद राईलाई कपनबाट पक्राउ गरेको हो । राईविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । तर उनी फरार रहँदै आएकी थिइन् । उनी […]











