गोरखा र कास्कीमा चट्याङ लागेर चारको मृत्यु, दुई घाइते

आइतबार साँझ परेको चट्याङका कारण गोरखा र कास्कीमा गरी चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिज्ञापन

गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङमा घरमै बसिरहेको बेला चट्याङ लागेर ४२ वर्षीय राजु खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घाइते अवस्थामा अस्पताल ल्याइएका खनाललाई चिकित्सकले मृत घोषणा गरेका थिए।

बिज्ञापन

यस्तै, गोरखाकै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लाग्दा ५० वर्षीया सुकमाया आले र १८ वर्षीया विपना आले घाइते भएका छन्। दुबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित त्रिवेणी ताल पदमार्गमा बाटो निर्माणमा खटिएका क्रममा चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र १८ वर्षीय महेश राईको ज्यान गएको छ। अन्य सात जना मजदुर भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिज्ञापन

त्रिवेणी ताल पदमार्ग नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु