काठमाडौँ । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र ‘संयुक्त जनआन्दोलन समिति’ का ‘कमाण्डर’ दुर्गा प्रसाईं सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो।
बिज्ञापन
यस अघि न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा बयान दिँदै मिश्रले भन्नुभयो ‘आमसभामा गएको व्यक्तिको नाकै अघि अश्रुग्यास खसेपछि ध्यान गरेर बस्ने ? ’ उहाँले प्रश्न गर्नुभयो ‘आन्दोलनकारी छरिएर बसेको देखेपछि मैले अघि बढ्नुस् भनेँ । अघि बढ्नुस् भन्नुको अर्थ प्रहरीको घेरा तोड्नु होरु संसदमा आगो लगाउनु होरु के मैले कसैको घरमा आगो लगाउनुस भनेँ ? ’
बिज्ञापन
आन्दोलनमा गएको नेताले बोल्ने उल्लेख गर्दै उहाले आफुले कुनैपनि हिंसाका लागि नउक्साएको बताए । आफुलाई प्रतिशोध राखेर हिरासतमा राखिएको उहाको भनाइ छ । ‘पञ्चायतमा अरराष्ट्रिय तत्व भनेर हिरासतमा राखिन्थ्यो । गणतन्त्रमा आस्था लिएकै आधारमा बन्दी बनाएर हिरासतमा राखियो,’ उहाँले भन्नुभयो ।






