काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । सांसद राईलाई आज काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।
बिज्ञापन
उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले सांसद राईलाई कपनबाट पक्राउ गरेको हो । राईविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । तर उनी फरार रहँदै आएकी थिइन् ।
बिज्ञापन
उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा मुछिएकी थिइन् ।
यसअघि ठेगाना नखुलेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । उनी स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी थिइन् । त्यही समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो । सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन् ।
बिज्ञापन
भोजपुर स्थायी घर भएकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् । फरारकै अवस्थामा उनले तलबभत्ता बुझ्दै आएकी थिइन् । फरार रहेकी उनले शुक्रबार संसद पुगेर गोप्य रुपमा हाजिर गरेको विवरण सार्वजनिक भएको थियो ।