काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रमस्थलबाट चौधरीलाई सादा पोशाकका प्रहरले पक्राउ गरेका हुन् । चौधरीलाई अहिले प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ ।

तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनको अग्रसरतामा सुरु भएको ‘चिया छलफल कार्यक्रम’ अब वडास्तरसम्म विस्तार गरिएको छ। नगर प्रमुख महर्जनले यसअघि पालिकास्तरमै नगरवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यक्रम सञ्चालन गरिसकेका थिए। अहिले वडा नं. १, साङलाबाट वडास्तरीय कार्यक्रमको शुभारम्भ हुँदैछ। सकारात्मक सोचको विकास गरौं – आफ्नै वडामा बसी चिया छलफल गरौं भन्ने मूल नारासहितको कार्यक्रम २०८२ […]

सल्यान — दोस्रो शारदा मेयर टी–२० कप २०८२ को उपाधि जितेका बागचौर नगरपालिकाका क्रिकेट खेलाडीहरूलाई बागचौर नगरपालिकाले विशेष सम्मान गरेको छ। खेलाडीहरू, टिम कोच र टिम म्यानेजरलाई आज एक कार्यक्रमका बीच प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो। खेल वैशाख ६ देखि १४ गतेसम्म सल्यानको खलंगामा सम्पन्न भएको थियो, जहाँ बागचौर नगरपालिकाले कुमाख गाउँपालिकालाई पराजित गर्दै […]

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबिच अझै वार्ता सुरू हुन सकेको छैन । शिक्षकहरू आन्तरिक छलफलमा व्यस्त भएपछि वार्ता सुरू हुन ढिलाइ भएको हो। मन्त्री पन्त सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षकहरूलाई पर्खाइमा छन् । नेपाल शिक्षक महासंघले वार्तामा कसरी प्रस्तुत हुने लगायत आन्दोलनको समीक्षा गरिरहँदा मन्त्रीसँगको छलफलमा ढिलाई भएको नेपाल […]

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले कीर्तिपुरको डाँडा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको बताउनु भयो […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ । मंगलवार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गर्नुभएको हो । सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन् । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका […]

काठमाडौँ – प्रतिनिधि सभाको मंगलबारको बैठकले ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विधेयकलाई बैठकले बहुमतले स्वीकृति दिएको हो। भन्सार बिन्दुहरूमा व्याप्त बेथिति, अनियमितता तथा राजस्व चुहावट हटाउने उद्देश्यले यो विधेयक ल्याइएको मन्त्री पौडेलले बताएका छन्। उनले विधेयकमार्फत भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी व्यवस्थित बनाउने […]

वीरेन्द्रनगर । लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने यस समुदायका मुखिया सूर्यनारायण शाहीको सोमबार राति साढे ९ बजे सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोलामा मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए । सूर्यनारायण शाही राउटे समुदायका […]

बाँकेमा ७ दिनदेखि बेपत्ता बालकको शव गाडेको अवस्थामा फेला परेको छ। बैजनाथ गाउँपालिका– ४ नौलापुरस्थित कुलोमा ९ वर्षीीय कुशल बुढाको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले जानकारी दिए। शव सोमबार साँझ ५ बजेतिर फेला परेको हो। कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि बेपत्ता थिए। शव फेला […]