समाचार
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताउनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सांसदहरुले दिएका राखको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले आगामी बजेट निर्माणका सन्दर्भमा सांसदहरुले व्यक्त गरेको चिन्ता, सुझाव र विचार निरर्थक […]
काठमाडौँ । जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताउनुभएको छ । दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलता सम्बन्धी आज काठमाडौँमा आयोजित कार्यशालामा उहाँले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसै बमोजिमको प्रतिबद्धता, सहकार्य […]
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो । रवीन्द्रपत्नी सारिकाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाइमा आदेश प्राप्त भएको २४ घण्टाभित्र मुद्दाको सक्कल मिसिल इजलाससमक्ष देखाई बन्दीसहित लिखित जवाफसाथ उपस्थित गराउन भननिएको छ । मिश्र […]
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)बाट बाहिरिने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको उनले जनाएका हुन् । ‘धेरै सोंचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु ।’ सन्दीपले लेखेका छन् । ‘यो क्रिकेट […]
काठमाडौँ । उपप्रधानमन्त्री एवं आर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढिसकेको बताउनुभएको छ । रामेश्वर खनाल नेतृत्वको आयोगले आर्थिक सुधारका लागि सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयनयोग्य रहेको बताउँदै पौडेलले चरणवद्ध रुपमा सुझावहरुलाई कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभएको हो । अर्थमन्त्री पौडेलकाअनुसार स्वयं आयोगले दिएका सुझावहरु तत्कालिन, दीर्घकालिन, मध्यकालिन महत्वका भएकाले तिनलाई […]
विराटनगर — गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक प्रणालीमा जनताको जिउधनको सुरक्षा राज्यको पहिलो र प्रमुख जिम्मेवारी भएको स्पष्ट पार्नुभएको छ। गृह मन्त्रालय र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित “कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी”को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री लेखकले सुशासन, शान्ति र समृद्धिका लागि सुदृढ सुरक्षा व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो। उहाँले शान्तिसुरक्षा कायम गर्न […]
काठमाडौं — वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीन सदस्यीय विशेषज्ञ कार्यदल गठन गरेका छन्। वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायको संयोजकत्वमा गठन गरिएको कार्यदललाई अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत-साधन र सेवा प्रणालीको समुचित प्रयोगमा केन्द्रित रहेर सुझाव दिन कार्यादेश दिइएको छ। कार्यदलमा विशेषज्ञ सदस्यका रूपमा दीपकमोहन भट्टराई र डा. सुरेश तिवारी […]
दोलखा — दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकामा राजनीतिक पुनर्संरचनाको संकेत देखिएको छ। नेकपा एमालेका चर्चित युवा नेता तथा समाजसेवी महेश पाख्ररीनसहित करिब १५० जना विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस दोलखाका उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा र नेपाली कांग्रेस प्रदेश समिति दोलखा क. का उपसभापति सुवास […]
काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी तथा उनीहरूका परिवारलाई अस्पतालमा उपलब्ध विभिन्न सेवाहरूमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । त्यसैगरी बैंकले आफ्ना विभिन्न सेवाहरूमा केएमसीका कर्मचारी, डाक्टर, नर्स […]
काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य माया राईविरुद्ध पूरक अभियोजनमार्फत मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलबार जिल्ला अदालतमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो माग गर्दै पूरक अभियोग दायर गरेको हो । भोजपुरकी राई नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । उनले […]










