एमाले नेता महेश पाख्ररीन सहित १५० जना नेपाली कांग्रेसमा प्रवेश

दोलखा — दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकामा राजनीतिक पुनर्संरचनाको संकेत देखिएको छ। नेकपा एमालेका चर्चित युवा नेता तथा समाजसेवी महेश पाख्ररीनसहित करिब १५० जना विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

बिज्ञापन

नेपाली कांग्रेस दोलखाका उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा र नेपाली कांग्रेस प्रदेश समिति दोलखा क. का उपसभापति सुवास लामाको दीर्घ प्रयास तथा नेतृत्वमा सो प्रवेश कार्यक्रम सम्पन्न भएको हो।

बिज्ञापन

सामाजिक कार्य, युवा नेतृत्व र व्यवसायमा समेत पहिचान बनाएका पाख्ररीको कांग्रेस प्रवेशलाई दोलखाको स्थानीय राजनीतिमा ठुलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ। उनीसँगै प्रवेश गर्ने अन्य सदस्यहरू विभिन्न वडास्तरका नेता, समाजसेवी तथा युवाहरु रहेका छन्।

नेपाली कांग्रेसका स्थानीय नेताहरूले नयाँ सदस्यहरूलाई स्वागत गर्दै लोकतन्त्र, विकास र समृद्धिको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन

यो प्रवेश कार्यक्रमलाई आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको संगठनात्मक सुदृढीकरणको महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु