समाचार
वृन्दावन नगरपालिकाको सिसवा धमौराका यात्रु काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्याइएको छ । […]
पोखरा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । स्थानीय ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीय मनकुमारी, आमा ८५ वर्षीय लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट […]
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव […]
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो ४ बजेदेखि सुरु नगरसभाको १५ औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर […]
नेपाली काग्रेसका सांसद सुनिल शर्माले २८गते विश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो कुरा बताएका हुन । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताए । उनले दुई वटा काममध्ये पूर्वाञ्चल […]
हास्यकलाकार मनोज गजुरेलविरुद्ध पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिने मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । साइबर क्राइम मुद्दामा ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । ‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको हो । हामीले उनलाई साइबर अपराधको मुद्दामा हिरासतमा राखेका छौं,” कार्कीले खबरहुबलाई भने। उनीमाथि भक्तपुरबाटै कानुनी […]
वीरेन्द्रनगर सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन गरिएको छ । आर्थिक समृद्धि अहिले राष्ट्रको मूलमुद्दा भएकाले आर्थिक लगानी र उद्यमशीलता प्रवर्द्धन गर्न भन्दै सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरूसँगै विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सहभागिता रहको थियो । सम्मेलनमा कर्णालीमा उद्यमशीलता वृद्वि गरी स्वरोजगारी सिर्जना गर्ने […]
दाङमा राप्ती नदिको बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार दाङमा बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार बुटवल । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् । दाङको राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएर फर्किने क्रममा […]
सांसद शर्माको केएमसी टोलीले गोकर्नेश्वर को बालुवा सुन्ताखानमा , ५२४ बिरामीको गर्यो निशुल्क उपचार काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौं को गोकर्नेश्वर न पा ३ सुन्ताखान मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गोकर्नेश्वर नगरपालिका वडा नं ३ बालुवा सुन्ताखानमा लायन्स […]
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो । विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध […]











