पहिरोमा परि कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु, २ जना घाइते 

 

बिज्ञापन

पोखरा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।

बिज्ञापन

स्थानीय ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीय मनकुमारी, आमा ८५ वर्षीय लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

पहिरोमा कुलबहादुरका छोरा १७ वर्षका पवन परियार र राधिकाका छोरा ३१ वर्षका कुमार परियार घाइते भएका छन् । दुवैको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकोमा डिस्चार्ज भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु