काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो ४ बजेदेखि सुरु नगरसभाको १५ औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन्द्र शाहले घोषणा गरे ।

बिज्ञापन

नगरसभामा अहिले आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल चलिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु