मनोज गजुरेलको पुर्व पत्निले गजुरलेको आमलाई हातपात गरेपछि प्र हरीले गर्यो प क्राउ

 

बिज्ञापन

हास्यकलाकार मनोज गजुरेलविरुद्ध पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिने मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर क्राइम मुद्दामा ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको हो । हामीले उनलाई साइबर अपराधको मुद्दामा हिरासतमा राखेका छौं,” कार्कीले खबरहुबलाई भने। उनीमाथि भक्तपुरबाटै कानुनी कारबाही अगाडि बढाउँछौं ।

बिज्ञापन

प्रहरीका अनुसार ढकालले आइतबार बिहान केही व्यक्तिसँग भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउने प्रयास गरेका थिए ।
विसं २०७४ मा मनोजले मीनासँग सम्बन्धविच्छेद गरेका थिए । गजुरेलसँग सम्बन्धविच्छेद भए पनि बालकोटको घरमा बस्ने अधिकार आफूसँग रहेको उनले दाबी गरेकी छन् ।
बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन कैयौं युवासहित पुगेपछि ढकाललाई पक्राउ गरिएको डीएसपी कार्कीले बताइन् ।
मीना बालकोट पुग्दा मनोज गजुरेल घरमा थिएनन् । मीनाले मनोजकी ८५ वर्षीया आमालाई धम्की दिएको र हातपात समेत गरि घरमा ताला लगाउने प्रयास गरेको बताइएको छ ।
मनोज घरको चाबी लिएर निस्किएको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै प्रहरी पुगेर मीनालाई नियन्त्रणमा लिएको थियो ।
सामाजिक सञ्जालमा मनोजको बदनाम गरेको भन्दै साइबर अपराधमा उजुरी परे पनि आइतबार मनोजको घरमा ताला लगाउन खोज्दा मीना पक्राउ परेकी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु