शान्तिनगर गाउँपालिकाको १५औ गाउँसभाबाट शान्तिनगर गाउँपालिका क्षेत्रमा रक्सी, चुरोट, गुट्का, लागू औषध, लगायतका नशाजन्य पदार्थको सेवनमा रोक लगाउने तथा कार्यालय परिशरभित्र Junk food जङ्क फुडलाई निषेध गर्ने भन्ने नीति पारित गरेको छ । साथै गाउँपालिका क्षेत्रभित्रका सबै सार्वजनिक निकाय (गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सबै विद्यालय) मा जङ्क फुड सेवनमा रोक लगाइ स्थानिय […]

 केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् । संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि प्रहरीले उनलाई निलम्बन गरेको हो । केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना […]

आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन्। गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हले शुभोभन गरे। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकहरूमा ध्रुवराज राउत, […]

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द निर्वाचित हुनु भएको छ । उहाँले एक हजार एक सय सात मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले जम्मा ४८७ मत प्राप्त गर्नु भयो । […]

कीर्तिपुर वडा नम्बर ४ मा कांग्रेस विजयी भएको छ । केहीबेर अघि आएको नतिजाअनुसार कांग्रेस का उमेदवार  राजेराजेन्द्र बानिया निर्वाचित भएका छ्न ।

कीर्तिपुर नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार एक हजार ३१३ सहित नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले अगाडि छन । प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर ९७८ मतसहित पछाडि छन्। यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० पाएका छन्।

हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन् । २०७४ यता तेस्रो पटकको प्रयासमा उनले जित निकाले । आज सोमबार बिहान सवा ३ बजे सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार तिवारी २०६३ मत प्राप्त गर्दै विजयी भएका छन। उनले नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३ को फराकिलो मतान्तरले पराजित गरे । प्रधानले १५६० […]

तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार वडा अध्यक्षमा निर्वाचित लिम्बुले ४ सय ४० मत प्राप्त गरेका छन् । आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मतगणना सोमबार राति सम्पन्न भएको हो । लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले ३ सय ६० […]

रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । खलिकले ६ सय २७ मत ल्याई विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याए । नेकपा एसका सदरे आलमले ४५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ हजार ७०७ मतदाता रहेको यो […]

कीर्तिपुर नगरपालिकाको मतगणना सुरू भएको छ। कीर्तिपुरमा मेयर, वडा नम्बर १ र वडा नम्बर ४ को अध्यक्षका लागि उपनिर्वाचन भएको हो। त्यसको मतगणना आइतबार राति १० बजेदेखि सुरू भएको हो। मतगणना सुरूमा वडा नम्बर १ बाट सुरू भएको छ। मेयरको मत गनिसकेपछि वडाध्यक्षको गर्ने तयारी छ। यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका […]