केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना प्राप्त गरेपछि प्रहरीकै मिलेमतोमा गायब पारिएको सूचना चुहिएसँगै प्रहरीले एसएसपी ईश्वर कार्कीको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो । उक्त सुन प्रकरण छानबिनमा विशेष ब्युरोमा कार्यरत तिवारीको संलग्नता देखिएपछि निलम्बन गरिएको हो । अनुसन्धान अवधिभर उनलाई प्रहरीको महाराजगन्जस्थित १ नम्बर गणमा राखिएको थियो ।