Author: सुधार आवाज
कीर्तिपुर वडा नम्बर ४ मा कांग्रेस विजयी भएको छ । केहीबेर अघि आएको नतिजाअनुसार कांग्रेस का उमेदवार राजेराजेन्द्र बानिया निर्वाचित भएका छ्न ।
कीर्तिपुर नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार एक हजार ३१३ सहित नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले अगाडि छन । प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर ९७८ मतसहित पछाडि छन्। यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० पाएका छन्।
हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन् । २०७४ यता तेस्रो पटकको प्रयासमा उनले जित निकाले । आज सोमबार बिहान सवा ३ बजे सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार तिवारी २०६३ मत प्राप्त गर्दै विजयी भएका छन। उनले नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३ को फराकिलो मतान्तरले पराजित गरे । प्रधानले १५६० […]
तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार वडा अध्यक्षमा निर्वाचित लिम्बुले ४ सय ४० मत प्राप्त गरेका छन् । आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मतगणना सोमबार राति सम्पन्न भएको हो । लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले ३ सय ६० […]
सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शन्तु […]
भीमदत्त नगरपालिका वडा नं. ६ को ताजा मत परिणाम
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् । उनले ७४४ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार जिकरुलाहले ४६३ तथा एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । खलिकले ६ सय २७ मत ल्याई विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याए । नेकपा एसका सदरे आलमले ४५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ हजार ७०७ मतदाता रहेको यो […]
कीर्तिपुर नगरपालिकाको मतगणना सुरू भएको छ। कीर्तिपुरमा मेयर, वडा नम्बर १ र वडा नम्बर ४ को अध्यक्षका लागि उपनिर्वाचन भएको हो। त्यसको मतगणना आइतबार राति १० बजेदेखि सुरू भएको हो। मतगणना सुरूमा वडा नम्बर १ बाट सुरू भएको छ। मेयरको मत गनिसकेपछि वडाध्यक्षको गर्ने तयारी छ। यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका […]
तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादी पराजित भएको छ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी बन्दा माओवादी केन्द्रका जसिराम […]








